रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

नम्बर नखुलेको सवारीले प्र ३–०२–००९ प ८४१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ हसनदहका ३५ वर्षीय पूर्णबहादुर कार्कीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि इटहरीस्थित एपेक्स हस्पिटलमा पठाइएकोमा त्यहाँबाट थप उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मोटरसाइकल प्रहरी चौकी झुम्काको नियन्त्रणमा लिइएको छ भने ठक्कर दिने सवारीको खोजी भइरहेको छ । कुन सवारीले ठक्कर दिएको हो भन्ने खुल्न नसकेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया