विराटनगर । प्रदेश १ सभा बैठक तीन मिनेट बसेर स्थगित भएको छ। मंगलबार बसेको प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रको अवरोधपछि स्थगित भएको हो।

भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले संसदमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै सोमबारको बैठक पनि अवरुद्ध भएको थियो।

मन्त्री गुरुङले प्रदेश सभामा दिएको अभव्यक्ति रेकर्डबाट नहटाए र रोस्ट्रमबाट माफी नमागेसम्म माओवादीले सदन अवरुद्ध गर्ने बताएको थियो। बैठक अवरुद्ध भएपछि सभामुख प्रदीपकुमार भण्डारीले असार २० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

तपाईको प्रतिक्रिया