काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार तीन सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ ।

११ हजार सात सय ४८ जनामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ७१ जना पुगेको छ । त्यस्तै चार हजार तीन सय ४८ जनाले कोरोना भाइरस जितेको छ ।

तपाईको प्रतिक्रिया