काठमाडौं । बिहिबार(आज) नेप्से परिसूचक १९.१२ अंकले बढ्दै २८४३ विन्दुमा बन्द भएको छ ।

आज ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ कारोबार भएको छ । आज सेयर किनबेच र कारोबार रकममा सुधार आएको हो ।

आज निको इन्स्योरेन्सको ३० करोडको कारोबार भयो । ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो । आज ओरेन्टियल होटललगायत तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । निर्जीवन बीमा कम्पनी समूहबाहेक अन्य सबै समूह हरियो भएका छन् ।

तपाईको प्रतिक्रिया