सुनसरी । मोरङको कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत दुई वा सो भन्दा बढी छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई जनही पाँच हजार पुरस्कार दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले गाउँपालिकाभित्र दाइजो नलिने दम्पतीलाई स्वघोषणा गरेर वडा कार्यालयको सिफारिसमा पुरस्कृत गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्षका लागि ७६ करोड ९६ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको बजेट ल्याएको पालिकाले दाइजो प्रथा र छोरी माथिको विभेद अन्त्यका लागि पुरस्कृत गर्ने योजना ल्याएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लले बताए ।

तपाईको प्रतिक्रिया