काठमाण्डौ । थप २ हजार ७ सय ६० कोरोना संक्रमित फेला परेका छन् ।

पीसीआर र एन्टीजेन दुवै विधिबाट गरिएको १० हजार ९ सय ८५ परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको कुल संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

२४ घण्टाको अवधिमा ४ हजार १७ जना निको भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको छ ।

तपाईको प्रतिक्रिया