सुनसरी । इटहरीका दुई छुट्टाछुट्टै स्थानबाट चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी– ३ का २९ वर्षीय सुमन तामाङ र धरान– १९ का २४ वर्षीय सुरज परियार रहेका छन् । इटहरी– ३ का अनन्त प्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मुल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा तामाङे पक्राउ परेका हुन् ।

जेष्ठ १२ गते बिहान पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।

तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद गरेको छ ।

यसैगरी इटहरी– ६ मा रहेको कुलनयन ट्रेडसबाट नाईट्रोजन ग्यास सिलिण्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा– ३ बाट चोरी भएको सिलिण्डर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

चोरीको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया