सुनसरी । भ्रष्टचारविरुद्ध खरो रुपमा उत्रिने उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन् ।

५८ बर्षे उमेर हदका कारण उनले सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। ४० वर्षभन्दा बढी सरकारी सेवामा रहेर असार १५ गतेबाट उनी सेवानिवृत्त भएका छन्।

आफू पनि घूस नखाने र घूस दिनेलाई डण्डा लगाउने उनी सेवामा रहन्जेल यसरी नै चर्चामा रहे ।

अवकास लिएर जाँदाजाँदै उनले फेसबुकमार्फत नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया