काठमाण्डौ । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेद गरेका छन्।

आमिर खान र किरण रावले आफ्नो सम्बन्ध विच्छेदको खबर साझा गर्दै एक जोइन्ट स्टेटमेन्ट जारी गरेका हुन्।

आमिर र किरण १५ बर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । फिल्म आलोचक तरण आदर्शले आमिर र किरणको साझा बयान सोशल मिडियामा मार्फत सार्वजनिक गरेका छन् ।

किरण राव बलिउड स्टार आमिरका दोस्रो पत्नी हुन् । ५६ वर्षीय आमिर खानले २००५ मा किरण रावसँग विवाह गरेका थिए । आमिरले यसभन्दा पहिले सन् १९८६ मा रीना दत्तासँग विवाह गरेका थिए।

आमिर र रीनाका दुई छोरा, जुनैद र आइरा खान छन्। २००२ मा आमिर र रीनाको सम्बन्धविच्छेद भएको थियो ।

तपाईको प्रतिक्रिया