सुनसरी । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३२८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । यस्तै २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया