बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जगंलमा दाउरा बटुल्न गएका मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सम्झना सामुदायिक वनमा भेटिएको हो ।

नेपाल–भारत सीमाको अन्तर्राष्ट्रिय जैविक मार्गको सीमा स्तम्भ नम्बर ८३–८४ को दसगजानजिक खत्रीलाई बाघले आक्रमण गरेको जनाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार९आज० दिउँसो फेला परेको हो ।

तपाईको प्रतिक्रिया