झापा । झापामा मंगलबार (भोलि) देखि सार्वजनिक यातायात चल्ने भएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति (डीसीसीएमसी) ले भोलि देखि लागू हुने गरी सार्वजनिक यातायात खुला गर्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

अब झापाबाट मोरङ्, सुनसरी र ईलामका लागि समेत जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने भएका छन् ।

चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा खुला गर्ने निर्णय गरिएको हो ।

यो निर्णयसँगै अब सबै प्रकारका सवारी साधन जोरबिजोर प्रणालीमा चल्ने भएका छन् । अत्यावश्यकीय सवारी साधनमा भने यो नियम लागू हुने छैन ।

तपाईको प्रतिक्रिया