झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

विर्तामोड–४ बस्ने ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बुधबार९आज० बिहान सोही नगरपालिका –८ स्थित रामकुमारी दर्जीको घरमा उनी मिटर जडान गर्न बिजुलीको पोलमा चडेका थिए। त्यसै क्रममा उनलाई करेन्ट लागेर खसेका थिए।

भुइँमा लडेपछि उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भट्टराईलाई उपचारको लागी बिएन्डसी अस्पताल विर्तामोड पुर्‍याउँदा मृत्यु भएको थियो। उनी अनारमनी वितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी थिए।

तपाईको प्रतिक्रिया