काठमाण्डौ । बुधबार९आज० शेयर बजार परिसूचक नेप्से १६.९७ अंकले घटेको छ। घटेको बजार २८०१.१३ बिन्दुमा पुगेर रोकिएको हो।

आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ४ अर्ब ५८ करोड ४८ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज विकास बैंक र लघुवित्त बाहेक अन्य उपसमूहको सूचकमा गिरावट आएको छ। आज बढी कमाउने सिभिल लघुवित्त, सामुदायिक लघुवित्त, साधना लघुवित्त, कालिका माइक्रोक्रेडिट लगायतका कम्पनी छन्।

आज ६६ कम्पनीको शेयर मूल्य बढेको छ। १३५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने २० कम्पनीको शेयर मूल्य स्थिर रह्यो।

तपाईको प्रतिक्रिया