सुनसरी । धरानमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धरान –८ को सिद्धकाली चोकमा मंगलबार दिउसो सोही ठाउँका ५४ वर्षीय डिक प्रसाद बास्तोलालाई बा १३ च ३०८३ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका बास्तोलालाई उपचारको लागि बीपी प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

स्कारपियो र चालक मोरङको बेलबारी बस्ने २६ वर्षीय बुद्ध सेर्पालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया