सप्तरी / सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य एक जना घाइते भएका छन् ।

वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच बिहीवार राति कुटाकुट भएको हो । सप्तरीको राजविराज नगरपालिका –९ जगदरीका एजेन्ट मो।सनाउल मामाघर लालपट्टी पुग्नुभएको थियो । त्यही क्रममा छोरालाई वैदेशिक रोजगारीमा पठाए पनि राम्रो काम नपाएको भन्दै स्थानीयवासी मो।इजराइल र एजेन्ट सनाउलसँग विवाद सुरु भएको वडाध्यक्ष मो।इझारुल मियाँले बताउनुभयो ।

विवादकै क्रममा दुवै पक्षबीच कुटाकुट नै सुरु भएपछि नातिलाई बचाउन पुग्नुभएका सनाउलका नाना ७० वर्षीय मो।दाउन मियाँ चोट लागेर घाइते हुनुभएको थियो ।

उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधवप्रसाद काफ्लेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया