काठमाडौं । बागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवा लिँदै आएका सेवाग्राहीले यातायात क्षेत्रको सेवा र राजस्वको भुक्तानी अब विद्युतीय माध्यमबाट गर्न सक्ने भएका छन् ।

यातायात सूचना प्रणाली लागू भएपछि बागमती प्रदेश सरकारको यातायात क्षेत्रको राजस्व अनलाइन प्रणालीमार्फत दाखिला गर्न सक्ने गरी व्यवस्था गरे सँगै राजस्व तिर्न वा सवारी साधनसम्बन्धी विवरण हेर्न सकिने भएको हो ।

नयाँ आर्थिक वर्ष २०७८र७९ अर्थात् साउन १ गते शुक्रबारबाट आफ्नो सवारीसम्बन्धी विवरण प्रविष्ट र अद्यावधिक गर्न सकिने भएको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले विद्युतीय माध्यमबाट सेवा प्रवाह सुरु भएसँगै सेवाग्राहीले घरमै बसेर आफ्नो सवारीसम्बन्धी विवरण हेर्न, अद्याधिक गर्न, प्रदेश सरकारलाई तिर्नु वा बुझाउनुपर्ने राजस्वका बारेमा जानकारी लिन, राजस्व भुक्तानी गर्न सुविधा पुग्ने बताए ।

उनले यातायात सूचना प्रणाली परीक्षणका क्रममा रहेकाले अहिले सवारीसम्बन्धी विवरण हेर्न, अद्याधिक गर्न, प्रदेश सरकारलाई तिर्नु वा बुझाउनुपर्ने राजस्वका बारेमा जानकारी लिन बताउँदै एक सातापछि राजस्व भुक्तानी गर्नसमेत सकिने जनाए ।

बागमती प्रदेश सरकारले बनाएको विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ जारी गरी सवारी चालक अनुमतिपत्रबाहेकका सेवा अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी गर्ने व्यवस्था गरेको थियो ।

साथै अनलाइनमार्फत राजस्व भुक्तानीपछि कार्यालयमा गई सेवा लिनपर्ने सेवाग्राहीले शुक्रबारबाट मन्त्रालयको भेटघाट व्यवस्थापन प्रणालीको वेब पोर्टलमार्फत ई–टोकन प्राप्त गरी तोकिएको समयमा तोकिएको सेवा लिनसक्ने जनाइएको छ ।

सेवाग्राही आफैँले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्नेगगरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका सूचना अधिकारी राजु अर्यालले मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड ९डेबिट तथा क्रेडिट कार्ड०, ई–मनी ९वालेट० र अन्तरबैंकिङबाट विद्युतीय भुक्तानी गर्न सकिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया