मोरङ । दोहोरो सुविधा दिने गरी क्याम्पस प्रमुख नियुक्ति गरिएको भन्दै बेलबारी बहुमुखी क्यामपसको नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले बिरोध गरेको छ ।

नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले सात दिन भित्र निर्णय फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बेलबारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र प्रसाद कोइरालालाई दोहोरो सुविधा पाउने गरी बेलबाुरी क्याम्पस प्रमुख नियुक्ति गरिएको भन्दै संगठनले विरोध जनाएको हो । सभापति सुजन अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्याम्पसलाई समय दिन नसक्ने र दोहोरो सुविधामात्र उपयोग गर्नेगरी गरिएको सन्चालक समितिको निर्णय गलत रहेको उल्लेख छ ।

‘दोहोरो सुविधा लिन कानुनले बन्देज गरेको छ ।

तपाईको प्रतिक्रिया