विराटनगर । विराटनगर एक युवकको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय रानीका अनुसार आइतबार(आज) विराटनगर–१६, दरैयामा युवकको शव फेला परेको हो । नेपाल–भारत सीमानजिकै उखुबारीमा मृत अवस्थामा भेटिएका युवकको पहिचान हुन बाँकी छ ।

मोरङ प्रहरीका अनुसार कालो पाइन्ट र सेटो रङको गन्जी लगाएको करिब २५–३० वर्षीय पुरुषको शव नेपाल–भारत सीमानजिकै भेटिएको हो । शव विषयमा अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

दशगजानजिकै नेपालतर्फ बेवारिसे अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टम गर्न कोसी अस्पताल पठाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया