विराटनगर । कोरोना संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले थप कडाई गर्ने भएको छ ।

मोरङ प्रशासनले कोरोना संक्रमणको दर घटेको भन्दै गत असारको तेस्रो सातादेखि निषेधाज्ञा खुकुलो बनाएको थियो ।

मोरङमा ३१ हाजर ९ सय ८० जना संक्रमित भएका छन् भने २ हजार ३ सय १६ सक्रिय संक्रमित रहेका छन् । मोरङमा ४ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि मोरङ प्रशासनले सीमा नाकामा थप सुरक्षाकर्मी खटाएर कडाई गर्न थालेको बताएको छ । पछिल्लो साता संक्रमितको दर ह्वात्तै बढेको छ मुख्य नाका बन्द छ तर खुल्ला सीमा नाका हुँदै आवत जावत गर्नेको संख्या बढेको कारण संक्रमणको जोखिम पनि बढेकोे प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

कोरोना संक्रमित थपिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वेलुका ८ बजे देखि विहान ५ बजेसम्म हिडडुल गर्न रोक लगाएको छ भने बेलुका ६ बजेसम्म मात्र पसल बजार खोल्ने अनुमति दिएको छ ।

भारतसँग सीमा जोडिएका स्थानमा निगरानी बढाइएको छ, भने सीमामा थप सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाएर आवत जावतमा कडाई गरिएको छ । मुख्य नाकाबाट प्रवेश गर्नेलाई पीसीआर अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया