विराटनगर । विराटनगर–५ मा मोटरसाइकलमा मृत भेटिएका व्यक्तिको ट्रकको ठक्कबाट मृत्यु भएको खुलेको छ । ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच दिनअघि बिजुली अफिस चौक अगाडि विराटनगर–४ मुनालपथका ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेको मृत भेटिएका थिए ।

ठक्कर दिने ट्रक चालक सुनसरी धरान –२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनले चलाएको को १ क १३३३ नम्बरको ट्रकले न्यौपाने चढेको को ४ प २३१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि राई फरार भएका थिए ।

ट्रकले ठक्कर दिएपछि मोटसाइकलमा सवार न्यौपाने लडेको र स्थानीयले उठाएर मोटसाइकमा राखिदिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

राईमाथि सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया