धनकुटा । धनकुटामा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ ।

महालक्ष्मी नगरपालिका–२ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको हो ।

आइतबार दिउँसो आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया