ओखलढुंगा । ओखलढुंगामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत दुई वृद्ध पुरुषको आइतबार(आज) कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१२ का ६९ वर्षीय बृद्ध र नगरपालिका–११ का ७० बर्षिय अर्का वृद्ध रहेको जिल्ला स्वास्थ्य प्रमुखले जनाएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका सिद्धिचरण नगरपालिका–१२ का ६९ वर्षीय बृद्धको गत साउन १४ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको थियो ।

उनमा स्वासप्रस्वासमा समस्या देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा आज बिहान उनको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै सिद्धिचरण नगरपालिका–११ का ७० वर्षीय वृद्धमा पनि गत साउन ९ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको साउन १६ गते हिजो मृत्यु भएको हो ।

उनीहरु दुबै जनामा अन्य स्वास्थ्य समस्यासँगै अक्सिजन लेबल र स्वासप्रस्वासमा समेत समस्या देखिएकाले ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया