काठमाण्डौ । नेप्से यो हप्ताभरि नै बढेको छ । पहिलो दिन आइतवार सामान्य बढेको नेप्से अन्तिम दिन आज १६.४१ अङ्कले बढेर तीन हजार एक सय ७९ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर नौ अङ्कले बढेको छ । यस्तै विकास बैंकको तीन सय ४४ अङ्कले, फाइनान्सको ३२ अङ्कले, उत्पादनको ९९, जीवन बीमाको ३१ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ ।

यस्तै जलविद्युत्, होटल, व्यापार, अन्य, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड ६६ लाख कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोसीको ६२ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया