विराटनगर । प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश– १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाएको हो ।

यात्रुबाहक सवारीको २२ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा १६.५ प्रतिशत बढाएको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा भने २३ प्रतिशत बढाएको छ ।

संघीय सरकारले गत असार २९ गतेबाट लागू हुने गरी लामो दूरीमा चल्ने सवारीको भाडा २८ प्रतिशतसम्म बढाएको थियो ।

तपाईको प्रतिक्रिया