काठमाडौं । नेप्से बुधबाार (आज) उच्च अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३७.८७ अंकले बढेर ३१९८.१९ विन्दुमा उक्लिएको छ।

आज कूल २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कूल २२८ वटा कम्पनीका तीन करोड ६५ लाख नौ हजार ७५१ कित्ता सेयर एक लाख ८८ हजार ४५४ पटक खरिद–बिक्री भएका थिए।

आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.८६ अंकले बढेर ५९८.१५ विन्दुमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया