३असोज ,रामधुनी । थारु समुदाय भाषा, संस्कृति र संस्कारमा निकै धनी मानिन्छ । चाडपर्व र रितिरीतिरिवाजमा पुर्ण छन । थारुको गीत र संगीतलाई गहनाको रुपमा पहिचान दिएको छ । केही बर्ष अघि पौरानिक चाचैर विरहैन लगायत पाराति गीतहरु मुखले र अडियोमा मात्रै सुन्न पाईन्थ्यो तर अहिले समय बदलिएको छ । थारु गीत र संगीतलाई पनि युटुब लगायत समाजिक संञ्जालमा सुन्न सहित भिडियो मार्फत मज्जाले हेर्न पनि पाईन्छ । नयाँ युवा पुस्ताको प्रयासले थारु गीत र संगीत कोल्टे फेर्दैछ । थारु समुदायको सबभन्दा महान पर्व जितियाको ूहे जितिया महानूबोलको थारु गीत शुक्रबार सार्वजनिक भएको छ ।


थुप्रै थारु र मैथिली चर्चित गीतहरुमा स्वर दिएका चर्चाको शिखरमा रहेका उदयमान थारु गायक सुनिल चौधरीको स्वर र संगीत रहेको छ भने गायिका तर्फबाट अनुमा चौधरीले साथ दिएकी छिन । गीतमा शब्द भने नवीन चौधरीको रहेको छ भने एरेन्ज गणेश चौधरी गरेका हुन ।
थारु, नेपाली लगायत भोजपुरीका थुप्रै चर्चित गीतहरुलाई निर्देशन गरिसकेका जनक चौधरीले पुन हालको ूहे जितिया महानू बोलको गीतमा पनि चौधरीकै निर्देशन रहेको छ । पौरानिक पर्वका थारु गीत र संगीत जीवन्त रहोस र अहिलेका युवा पुस्ताले आफनो संस्कृति,संस्कार र परम्परालाई निरन्तरता दियोस भनि यो म्युजिक भिडियो निमार्ण गरेको चौधरीले जानकारी दिए छन । यो भिडियोलाई छायांकन रविन चौधरीले गरेका छन ।भिडियोमा थारु कलाकारहरु सविता चौधरी र गोविन्द चौधरी,पाण्डप चौधरी,रामरी चौधरी, प्रदिप चौधरी, आशिश चौधरी लगायत चर्चित तथा स्थापित कलाकार जानकी चौधरीको समेत अभिनय देख्न सकिन्छ । ूहे जितिया महानू गीतलाई थारु चलचित्र सांस्कृतिक संघ सुनसरीको प्रस्तुति रहेको र टिएफसिए नेपालले युटुव च्यानल मार्फत सार्वजनिक गरेको हो

WATCH VIDEO HERE!

https://youtu.be/jHktofo7980

तपाईको प्रतिक्रिया