काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि मात्र खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार तत्काल नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्ने हुन्छ । त्यसैले दशैं पछि नै आवेदन खुलाउने योजना बनाएको हो ।

उनकाअनुसार यसअघि ट्रायलको प्रतिक्षामा रहेकाहरूले गत भदौ २० गतेबाट परीक्षा दिइरहेका छन् । यसअघि पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।

पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ ।

तपाईको प्रतिक्रिया