काठमाडौ । हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ९ बजे गीत छायांकनको क्रममा निधन भएको हो ।

‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा उनी मोटरसाइकल नै लिएर सुटिङमा पुगेका थिए । छायांकन सेटमा पुगेर केही समयपछि बेहोस भएका उनलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याएपनि तत्काल मृत घोषित गरिएको थियो ।

केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।

यस्तै, उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए ।

तपाईको प्रतिक्रिया