जनकपुरधाम । प्रदेश–२ की सांसदले आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् ।

प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव समेत रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् ।

प्रमिला नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् । अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी हुन् ।

उक्त निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेका थिए । तर, कार्यालयले कर छुट गर्न नमिल्ने प्रतिक्रिया दिएको छ । कार्यालयले सांसदको पत्रमा कर छुट नगरेपछि अशोकले करबापतको रकम तिरेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया