काठमाडौँ । सोमवार(आज) शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि न्यून भएको छ ।

नेप्से ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा अडिएको छ । ५ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्त र मैलुङखोलको सेयर भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । १५ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

दोस्रोमा युनाइटेड मोदी र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन् । सबै समूहका सूचकमा ह्रास आएको छ । फाइनान्स र विकास बैंक समूह भन्दा बढीले घटेका छन् ।

तपाईको प्रतिक्रिया