काठमाण्डौ – भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने भएका छन् ।

आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैबीच प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया