- समाबेशी संबाददाता

उदयपुर /गाइघाट नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापतिमा प्रदेश १ का पूर्वाधार विकास मन्त्री हिमाल कार्की बिजयी भएका छन। । वर्तमान सभापति बिदुर बस्नेतलाई १७८ मतान्तरले हराउदै बिजयी भएका हुन । कुल मत १३७४ मा हिमाल कार्कीले ७६७ मत ल्याएका थिए भने बिदुर बस्नेतले ५८९ मत प्राप्त गरेका थिए।
त्यस्तै उप सभापतिको ४ जना प्रतिस्पर्धी मध्य क्रमश बल बहादुर तामाङ्ग र भिम चन्द्र राई बिजयी भएका छन। तामाङ्गले ६५८ मत र राईले ७४७ मत ल्याइ बिजयी भएका हुन।त्यसै गरि सचिब पदका लागि भएको भिडन्तमा मुरारी खडका र राजेश चन्द्र श्रेष्ठ निर्बाचित भएका छन। खडकाले ६९५ मत र श्रेष्ठले ६८९ मत ल्याई निर्बाचित भएका हुन। त्यस्तै सह सचिब पदका लागि भएको भिडन्तमा चन्द्रदिप पौडेल र टिकाराम बुढाथोकी बिजयी भएका छन। पौडेलले ७१७ मत ल्याउदा बुढाथोकीले ७४५ मत ल्याई बिजयी भएका हुन ।

तपाईको प्रतिक्रिया