- -सबिना अधिकारी

उदयपुर/कटारीमा शुक्रबार देखि औपचारिक रुपमा डान्स सेन्टर सन्चालनमा आएको छ।युनिक D3 डान्सको नाममा सन्चालनमा आएको उक्त डान्स सेन्टरमा सबै प्रकारको डान्स क्लास हुने सन्चालक एलेक्स बसेलले बताउनु भयो।अभिभावक मिरा गजमेरले रिबन काटी सेन्टरको उद्घाटन गर्नु भएको थियो।इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक दोय जीवन बोगटी र सन्तोस बुढाथोकी को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभिभावक,सन्चारकर्मी लगायत विद्यार्थी हरु को बाक्लो उपस्तिथि थियो।प्रमुख अतिथी दोय जीवन बोगटी र सन्तोष बुढाथोकीले भाइबैनीको उज्वल भबिश्यको कामना गर्दै शुभकामना मन्तब्य दिनु भएको थियो। कल्चरल,हिपपप,बिबोइङ्ग,लकिङ्ग जुम्बा लगाएतका सबै प्रकारका डान्स सिकाइने सन्चालक एबं कोरियोग्राफर एलेक्स बसेलले जानकारी दिनुभयो।यो डान्स सेन्टर कटारी नगरपालिका भवन अगाडीको भवनमा अबस्थित छ।

तपाईको प्रतिक्रिया