- समाबेशी सम्बादाता

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको चौथो अधिवेशन शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

अधिवेशनले रोहित गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सञ्जीव मगर, सचिवमा सरला सुनुवार, कोषाध्यक्षमा गिरिजाबाबु (जिवी) श्रेष्ठ, सह–सचिवमा कल्पना भुजेल चयन हुनु भएको छ । सदस्यहरूमा अञ्जन राना श्रीमान् तामाङ, लक्ष्मी श्रेष्ठ, पुष्पा सुनुवार, संगिता दिम्दोङ, विजय भोलन, जितेन्द्र दनुवार र ललिता हायु चयन हुनु भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षता एवं नेपाल आदिवासी जनजाति महासंघ बाग्मती प्रदेशका अध्यक्ष काजीमान थिङको प्रमुख आतिथ्यमा जिल्ला अधिवेशन उद्घाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया