- समाबेशी संबाददाता

कटारी /उदयपुरको पश्चिमी क्षेत्रमा बुधबार राती जंगली हात्तीको समुहले तीन वटा घरमा क्षति पुर्याएको छ । मध्यरातमा कटारी नगरपालिका २ सिमानपुरमा जंगलबाट निस्किएका तीन वटा हात्तिले स्थानीयको घर भत्काउनुका साथै धानचामल नष्ट गरिदिएका हुन् । जंगलबाट बस्तिमा प्रवेश गरेका हात्तीले स्थानीय चन्द्रबहादुर मगरको दुई तले घर, धानचामल गरी ८० हजार, पदम राईको घर, चामल गरी ३० हजार र काले मगरेको घरमा सामान्य क्षति पुर्याएको छ । समुहगतरुपमा आएका हात्तीलाई स्थानीयको सहयोगमा सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन कार्यालयको टोलीले लखेटेको सुवासचन्द्र वोहोराले बताए । हात्तिको समुहले घरमा क्षति पुर्याएपछि स्थनीय त्रासले रातभर जाग्राम बसेका छन् । परिवारका सबै सदस्य सुतिसकेको अवश्थामा जंगलबाट निस्किएका हात्तिले उनीहरुको घरको गार्हो, वरण्डा, वारवेरा भत्काईदिएको उनले बताए । राती हात्ति गाउँ पसेपछि स्थानीयले रातभर आगो बालेर हात्ति लखेटेका थिए । राती हात्ति गाउँ छोडेर गएपनि फर्केर थप क्षतिपुर्याउने डरले रातभर जाग्राम बस्नु परेको स्थानीयबासीले बताएकाछन् ।
हात्तीले बस्तिमा क्षति पुर्याएको खवर पाएपछि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ खाद्यान्न लगायतको लत्ताकपडाको राहत लिएर पुगेका छन् । घरको धानचामल नै नष्ट गरेको खवर आएपछि केहि दिनका लागि छाक टार्ने गरी चामल, दाल, चिउरा, नुन, तेल लगायतका खाद्यान्न वितरण गरिएको मेयर श्रेष्ठले बताए । उनले भने, ‘पीडित परिवारलाई तत्काल स्पोर्टमै गएर प्रारम्भिक राहत वितरण गरेका छौ, त्यसपछि क्षति र अवश्था हेरी थप राहत उपलब्ध गराउँछौ ।
पाकेको धान थन्क्याएको समयमा जंगली हात्ति बर्षेनी निस्कने गरेका छन् । समुहगतरुपमा गाउँ प्रवेश गर्ने हात्तिले बर्षेनी सर्वसाधरणको ज्यान लिने, अन्नवाली र घरमा क्षति पुर्याउने गरेको एसपी बोहोराले बताए । त्यस्तै बेलका नगरपालिका क्षेत्रभित्र कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रबाट निस्कने हात्तिले बर्षेनी क्षति पुर्याएको छ ।

तपाईको प्रतिक्रिया