- -सबिना अधिकारी

उदयपुर /कटारीमा ट्रयाक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ। शुक्रबार दिउसो पौने दुई बजे कटारी ५ राधाकृष्ण मन्दिर अगाडि लालपुर बस्ने अन्दाजी ५० बर्षिया बाल कुमारी श्रेष्ठको ज्यान गएको हो।कटारीबाट सिमेन्ट रड बोकेर रिस्कु तर्फ जादै गरेको ना ६ त ५४०१ नं को ट्रयाक्टरले ठक्कर दिइ श्रेष्ठलाई घाइते बनाएको थियो। घाईते श्रेष्ठलाई उपचारको लागि स्थानीय हस्पिटलमा लगिएको थियो त्यहा सम्भब नभए पछि बिराटनगरको नोबेल हस्पिटलमा रिफर गरिएको थियो। श्रेष्ठको शनिबार बिहान साढे १० बजे नोबेल हस्पिटलमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यलयले जनाएको छ।

तपाईको प्रतिक्रिया