- समाबेशी संबाददाता

४ पुष , आईतबार                                                       उदयपुर /कटारी किरात राईसमुदायको दोस्रो ठूलो चाड उधौलीको अवसरमा कटारी ३ स्थित साकेला थानमा साकेला , थान , साकेला पार्क र ट्रष्ट भवनको उदघाटन गरिएको छ । आईतबार संघीय सांसद सुरेस राई , कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर भिमकुमारी राउत लगायतले भवनको उदघाटन गरेका थिए ।
भवनको उदघाटन गर्दै सांसद राईले जनताको करको पैसाबाट यो संरचना निर्माण भएको बताउनुभयो । प्रदेश एकका किरात राईहरुको वस्तीहरुमा किरात राई समुदायाको दोस्रो ठुलो चाड उधौली पर्व प्रारम्भ भएको छ । मंसिर पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किरात राईहरूले धूमधामका साथ यो पर्व मनाईरहेका छन् । उदयपुरमा पनि राईहरुको वसोवास रहेको गाईघाट , कटारी , वेल्टार ,वसाहामा यो पर्व धुमधामका साथ मनाईदैंछ ।आईतबार पूर्णिमादेखि औपचारिक रूपमा यो पर्व प्रारम्भ भएको छ ।
कटारीमा जिल्लाकै ऐतिहासिक पार्क निर्माण गर्न नगरपालिका जहिले लागि पर्ने मेयर श्रेष्ठले बताउनुभयो ।

राईसमुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू खोटाङ्ग ,ओखलढुंगा , भोजपुर , ईलामका साथै धरान, इटहरी, उदयपुरको गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौंलगायतका सहरहरू धुमधामका साथ साकेला नाचेर यो पर्व मनाईदै छ । पछिल्लो समय राई समुदाय पुगेका प्रवासमा पनि साकेला उधौली मनाईने गरिएको छ । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्त्राईएको खुसीयालीमा मनाइन्छ ।

नगरपालिकाका उपेमयर भिमकुमारी राउतले सो साकेला थान क्षेत्रमा हुने महिलाहरुको सहभागितालाई प्राथमिकतामा राख्दै शौचालय निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
साकेला थानमा संरचना निर्माणमा सहयोग पुराउने सवैलाई किरात राई यायोक्खा नगरकमिटीका अध्यक्ष पदम राईले धन्यवाद दिनुभयो ।

प्रकृति पूजक किरात समुदायले नदी तथा खोलामा माछा ओरालो (उ“धो) धेरै पानी भएको ठाउ“तिर बसाइ“ सरेको समयलाई उधौली भनेको पाइन्छ । भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभर छरिएर रहेका किरातहरू आपसमा शुभकामना आदान–प्रदान गर्ने गरेको संघीय सांसद शुरेस कुमार राईले बताए । उधौलीको अवसरमा प्रदेश एक सरकारले आईतबार प्रदेशमा सार्वजनिक विदा समेत दिएको छ ।

उधौलीका अवसरमा एकै ठाउ“मा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउ“छन् । पछिल्लो समय युवापुस्तामा साकेला उधौलीको आकर्षण बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया