- समाबेशी सम्बादाता

सिन्धुली /दुधौली नेपाली काङ्ग्रेस दुधौली नगर कार्यसमितिले आज  पत्रकार सममेलन गरेको छ । नेपालको पुरानो राजनीतिक दल मध्य एक नेपाली काङ्ग्रेस पर्टीको १४औं अधिवेसनबाट निर्वाचित नयाँ कार्यसमिति र पत्रकार बिचको परिचयात्मक कार्यक्रम तथा नयाँ समितिले आज सम्म गरेको गतिबिधिको बारेमा जानकारी प्रदान गर्ने मुख्य उदेस्याका साथमा पत्रकार सममेलन भएको आयोजक कमिटिले जनाएको छ ।
पत्रकार सम्मेलनमा सिन्धुली जिल्लाका स्थानिय तहहरुकमा हालै भैरहेको मतदाता परिचय पत्रको अभिलेखिकरण र दुधौली नगरपालिका ११ को माथिल्लो पत्रिङ्गामा जंगली हात्तीले पु¥याएको क्षेतीको बारेमा ध्यानाकर्षणको बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस दुधौली नगर कार्यसमितिका पदाधिकारी वडा कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
नेपाली काङ्ग्रेस दुधौली नगर कार्यसमितिका सभापति बलराम कार्कीद्धारा पत्रकार सम्मेलानको बारेमा प्रस्ट्याउनु हुँदै पत्रकारहरुले सधेको प्रस्नको समेत उत्तर दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया