- समाबेशी सम्बादाता

उदयपुरको कटारी ७ मर्जितपुरमा प्याराग्लाईडिङ, जिपलाईन र रक क्लाईबिङ सुरु भएको छ ।        स्थानिय गढिकोट पर्यटन व्यवस्थापन समिति कटारी ७ गढिकोटले आन्तरिक तथा वाह्र्य पर्यटन प्रबद्र्धन र स्थानिय स्तरमा पर्यटकीय विकास गर्ने उद्देश्यले प्यराग्लाईडिङ, जिपलाईन र रक क्लाईबिङ सुरु गरेको हो । शुक्रबार एक कार्यक्रमका विच कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उप प्रमुख भिमकुमारी राउतले  मर्जितपुरमा  उडान भर्दै प्याराग्लाईडिङको सुरुवात गर्नु भएको थियो । कटारी नगरको पर्यटन प्रबद्र्धनको लागि समेत टेवा पुग्ने भएकाले कटारी नगरपालिकाको पहिचानको लागि समेत सहयोग पुग्ने हिसाबले यस क्षेत्रमा पर्यटनलाई जोड दिदै नगरपालिकाले सहयोग गर्ने कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
गढिकोटमा पहिलो पटक यस किसिमको पर्यटन प्रबद्र्धनको कामको सुरुवात भएकाले यस क्षेत्रको पर्यटनको संभाव्यता अध्यान गरेर गुरु योजना निर्माण गरेर कटारी नगरपालिकालाई चिनाउनका लागि अघि बढ्ने नगर उपप्रमुख भिमकुमारी राउतले बताउनु भयो ।
नेपालमै पहिलो पटक जुन स्थानबाट प्याराग्लाईडिङको उडान र अवतरण एकै ठाउँमा हुने भएकाले पनि मर्जितपुरमा प्याराग्लाईडिङको प्राविधिक हिसाबले पनि संभावना बढि रहेको चालक दिल कुमार सुनुवारले बताउनु भयो ।
स्थानिय स्तरमा पर्यटन प्रबद्र्धनको लागि स्थानिय नागरिकहरुले होम स्टे समेत संचालनको तयारी गरेका छन्, तामाङ समुदायको बाहुल्यता भएको मर्जितपुरमा स्थानिय परिकार तथा सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले होम स्टे मार्फत पर्यटकको स्वागत गर्ने स्थानियको तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया