- समाबेशी संबाददाता

कटारी ४ कान्छी बजारमा ढल निकास नहुदाँँ समस्या भएको भन्दै स्थानीयले कागजको डुङ्गा चलाएर बिरोध जनाउदै सडक अबरुद्ध गरेका छन। सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने मिर्चैया कटारी घुर्मी सडक खण्डको कटारी कान्छी बजारमा मंगलबार दिउसो सडक अबरुद्ध गरेका थिए।महिनौ देखि ढल निकास नहुदाँ पानी जमेर पोखरी बन्दा समेत सम्बन्धित निकयले सुनवाई नगरे पछि सडक अबरुद्ध पार्न बाध्य भएको स्थानीय बताउछन।
हामीले नगरपालिका वडा सबैमा गनासो गरेका थियौ तर समान्य काम पनि नभएकाले आज अत्ती भो भन्दै बिरोध गरेका हौउ स्थानीय अमर श्रेष्ठ बताउछन। यस बिषयलाई टुङ्गो लगाउन नगरपालिकामा छलफल पनि भएकोे छ। नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ वडा नं ४ का वडा अध्यक्ष क्रष्ण राज दनुवार र स्थानीय राजनिक दलका प्रतिनिधी बिच बसेको छलफलमा तत्कालका लागि सडकमा पानी नजम्ने गरि ग्राबेल हाल्ने , सडक बिभागबाट ईन्जिनियर आई चाडो भन्दा चाडो सडक पिच गर्ने र नालीलाई ब्यबस्थित बनाउने सहमति भएको छ। कान्छी बजारमा पानी जमेर हिडनलाई समेत समस्या हुदै आएको थियो।

तपाईको प्रतिक्रिया