- -सबिना अधिकारी

उदयपुर / कटारीमा  सन्चालित अमर बचत तथा ऋण सहकारी सस्थाले आफ्नो १२औ साधारण सभा सम्पन्न गरेको छ।कटारी नगरपालिकाकि उप प्रमुख भिम कुमारी राउतले पानसमा बति बालेर साधरण सभाको उद्घाटन गर्नु भएको थियो।उक्त साधरण सभामा निपेक्ष संकलन (बचत)मा १९.७२ प्रतिशतले वृद्धि भैइ ११ करोड ७९ लाख १६ हजार ९ सय १२ रुपैया रकम पुराउन सफल भएको जानकारी उक्त सस्थाका अध्यक्ष शुक्र प्रसाद पराजुलीले जानकारी दिनु भयो।सस्थाले आफ्नो भाबी योजना पनि प्रस्तुत गरेको थियो जस्मा एक घर एक सद्स्य अनिवार्य ,सस्थामा कार्यरत कर्मचारी हरुलाइ अनिवार्य ५ हजार शेयर पुर्याउनु पर्ने त्यस्तै सदस्यहरुलाई सहकारी शिक्षा र बित्तीय साक्षरता सम्बन्धी तालिम दिइने जानकारी सस्थाका अध्यक्ष शुक्र प्रसाद पराजुलीले बताउनु भयो।त्यस्तै सस्थालाई प्रबिधियुक्त बनाउन आधुनिक बैंकिङ्ग सफ्टवेयर सुचारु गर्ने,मोबाइल बैंकिङ्ग सेवा,Sms बैंकिङ्ग सेवा,Atm सेवा,qr कोड,cctvको ब्यबस्था लगायतका प्रबिधियुक्त हुने जानकारी दिनुभयो।त्यस्तै सस्थाले आफ्नो सेवा पनि बिस्तार गरेको छ।नेपालटार र गाइघाट बजारमा आफ्नो थप सेवा बिस्तार गरेको हो।
आफ्नो आयब्यय प्रस्तुत गर्ने क्रममा अध्यक्ष शुक्र प्रसाद पराजुली ले यस आर्थिक बर्षमा १४ लाख,९ हजार ६ सय ७८ रुपैयाको खुद नाफा भएको जानकारी दिनु भयो।हाल सस्थाको सद्स्य १४ सय ३० रहेको छ।कटारी नगरपालिकाकी उप प्रमुख भिम कुमारी राउतको प्रमुख आतिथ्यमा समपन्न उक्त साधरण सभामा इलाका प्रशासन कार्यलयका अधिकृत शम्सेर राई,इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक जीवन बोगटी,पत्रकार,शेयर सदस्य एबंम निक्षेपकर्ताको बाक्लो उपस्तिथि रहेको थियो।।

तपाईको प्रतिक्रिया