- रमिला दनुवार

उदयपुर/ कटारी नगरपालिकाले बालविवाह न्यूनीकरण र लागु औषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सुरु गरिरहेको छ । नगरपालिकाले उपप्रमुख भीमकुमारी राउतको नेतृत्वमा माध्यमिक विद्यालयका विद्यार्थीलाई बालविवाह न्यूनीकरणसम्बन्धी स्टिकर वितरण अभियान सुरु गरिरहेको हो ।यसै क्रममा आईतबार सगरमाथा बोडिंग स्कल र मरुवा माबिमा कार्यक्रम गरिएको थियो।इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा उपप्रमुख राउतले नगर क्षेत्रका माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतनामूलक स्टिकर वितरण गर्नु भएको थियो भने इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक जिबन बोगटीले लागु औषध सम्बन्धि बिध्यार्थीहरुलाई सचेत गराउनु भएको थियो ।
नगरभित्र बालविवाहको दरमा कमी नआएपछि अभियानकै रूपमा नमुना काम सुरु गरेको उपप्रमुख राउतले बताइन् । बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रमअन्तर्गत पहिलो चरणमा विद्यार्थीलाई स्टिकर वितरण तथा सचेतनामूलक पर्चा टाँस कार्यक्रम सुरु गरिएको उनले जानकारी दिइन् ।उपप्रमुख राउतका अनुसार सार्वजानिक स्थलमा होडिङबोर्ड निर्माण तथा अन्य कार्यक्रम सञ्चालन गरिनेछ । नगरका १४ वटै वडामा अभियान चलाइने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया