- काभ्या मगर

उदयपुर /कटारीमा अबस्थित मुक्तिनाथ बिकास बैंक शाखा कटारीले आफ्नो १६औ बार्षिक उत्सब सोमबार मनाएको छ।कटारी शाखाका शाखा प्रमुख यज्ञ राज कार्कीले केक काट्दै आफ्नो बार्षिक उत्सब मनाएको हो।सोमबार नै देशै भरी ३२ वटा नयाँ शाखा बिस्तार भएको जानकारी दिनु भयो।सोमबार नया शाखा थपिए सङ्गै अब मुक्तिनाथ बिकास बैंक ४७ जिल्लामा १६७ शाखा पुगेको शाखा प्रमुख कार्कीले बताउनु भयो।
देशै भरी एकै साथ बार्षिक उत्सब मनाएको मुक्तिनाथ बिकास बैंकले आगामी दिनमा पनि अझ थप सेवा दिदै सम्पुर्ण सेवाग्राहीको मन जित्न सफल हुने कार्कीको भनाइ छ।उक्त बार्षिकमा ब्यबसायी ब्यपारी,विभिन्न सस्थाका प्रतिनिधी,कर्मचारी ,पत्रकार लगायतको उपस्थिति थियो भने मुक्तिनाथ बिकास बैकले कटारीमा सेवा दिन थालेको ४ बर्ष पुगिसकेको छ।

तपाईको प्रतिक्रिया