- मुना अधिकारी

उदयपुर /कटारी,नेपाल बिजुली,पेन्टर प्लमबर तथा निर्माण (क्युपेक) नेपाल कटारी नगर कमिटीमा सन्त बहादुर तामाङ अध्यक्षमा सर्बसम्मत चयन हुनु भएको छ।सोमबार सम्पन्न चौथो अधिबेसन बाट तामाङ अध्यक्ष पदमा चयन हुनु भएको हो।तेस्तै उपाध्यक्षमा मताप सिङ तामाङ,सचिबमा कवि नारायण श्रेष्ठ ,सह सचिबमा रमेस लाल धामी र कोषाध्यक्षमा आशा तामाङ लगायत १४ जना सद्स्य सर्बसम्मत चयन भएका छन।कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा समपन्न अधिबेसनमा बिशेश अतिथीमा उप प्रमुख भिम कुमारी राउत,क्युपेक कमिटी उदयपुरका हर्क बिक र जिफन्ट नेपालकी माया भण्डारी रहेका थिए।कटारीको जनजाती सभा हलमा सम्पन्न अधिबेसनमा श्रमजिबी मजदुरको बाक्लो उपस्तिथि थियो।क्युपेक नेपाल कटारी  ले श्रमजिबी मजदुरको हकहितमा काम गर्ने नब निर्बाचित अध्यक्ष सन्त बहादुर तामाङ्ले बताएका छन।

तपाईको प्रतिक्रिया