- अनिश कटुवाल

१९ पौष,सोमबार
सिन्धुली / दुधौली,मदन भण्डारी लोकमार्ग अन्तर्गत पर्ने दुधौली ७ डम्बरखाडीमा मोटरसाइकल र स्कुटी एक आपसमा ठोकिदा ४ जना घाइते भएका छन भने एक जनाको अबस्था गम्भीर रहेछ।सोमबार साझ ५:३० बजे कटारी बाट दुधौली आउदै गरेको प्र २- ०१-००१ प ५२०७ नं को मोटरसाइकल र दुधौली बाट कटारी जाँदै गरेको प्र २-०१-००१ प ८१५४ नं को स्कुटि एक आपसमा ठोकिदा दुर्घटना भएको हो।दुर्घटनामा परि मोटरसाइकल चालक दुधौली ११ का लाल बहादुर मगर र उनको पछाडी सबार दुधौलि ७ का वीर बहादुर मगर घाइते भएका छन। घाइते वीर बहादुर मगरको अबस्था गम्भीर रहेको दुधौली प्रहरी चौकीले जनाएको छ।त्यस्तै स्कुटी चालक कटारी ५ का एक बहादुर आले मगर र उनको पछाडी सबार कटारी ७ का दिपक पोखरेल दुबै घाइते भएका छन।घाइतेको कटारी अस्पतालमा उपचार भैरहेको छ।मोटरसाइकल र स्कुटर दुधौली प्रहरी चौकीको नियन्त्रणमा छ।दुर्घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको जानकारी दुधौली चौकीले दिएको छ।ट्राफिक चेकजाँचमा कडाइ भएपनी यस मदन भण्डारी लोकमार्गमा दुर्घटना दिनहुँ घटिरहेका छन।

तपाईको प्रतिक्रिया