- -सबिना अधिकारी

सिन्धुली / नेकपा एमालेको आइतबार सम्पन्न  जिल्ला अधिबेशनबाट कुमार बहादुर कार्की जिल्ला अध्यक्षमा निर्बाचित भएका छन।कार्कीले ४८८ मत ल्याइ बिजय भएका हुन।कार्कीले आफ्नो प्रतिद्वन्द्वी प्रदिप कटवाललाई ८० मतान्तरले हराएका हुन।कटवालले ४०८ मत ल्याउदा अध्यक्ष कार्कीले ४८८ मत ल्याएका थिए।त्यस्तै उपाध्यक्षमा कर्ण बहादुर घिसिङ बिजय भएका छन घिसिङले ४४९ मत ल्याइ बिजय भएका हुन।घिसिङका प्रतिस्पर्धी बिनोद कुमार खड्काले ४०४ मत र जगदिश्वर तोलाङ्गेले २१ मत ल्याएका थिए।उप सचिबमा रस्मिला देबकोटा ले ४६५ मत र मन्जु देबकोटाले ४४५ मत ल्याइ बिजयी भएका छन।नेकपा (एमाले) सिन्धुलीकाे आइतबार सम्पन्न मतदान पछि सुरू भएकाे मतगणनाकाे कार्य बिहान  सम्पन्न भएकाे थियो। जम्मा ९०३ मत खसेको थियो।नब निर्बाचित अध्यक्ष कुमार बहादुर कार्की (राम कुमार  ) सिन्धुली जिल्लाको अनुभबी नेता हुन।

तपाईको प्रतिक्रिया