- समाबेशी सम्बादाता

उदयपुर । प्रेस चौतारी नेपाल उदयपुरको अध्यक्षमा जीवनाथ दाहाल चयन भएका छन । भएकी छन् । प्रेस चौतारी नेपालको छैठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा दाहाल सर्वसम्मत चयन भएका हुन् ।

दाहालको अध्यक्षतामा १७ सदस्य जिल्ला कमिटी गठन भएको छ । निर्वाचित समितिको उपाध्यक्षमा पुरुषोतम सापकोटा,समाबेसी उपाध्यक्षमा रन्जु दनुवार,सचिवमा राकेश नेपाली सहसचिवमा हिराजंग राई,समाबेसी सहसचिवमा रमिला दनुवार ,कोषाध्यक्षमा करुणा कार्की,चयन भएका छन्।
यसैगरी कमिटीका सदस्यहरुमा जयराम पुर्वछाने, उर्मिला दनुवार, रेनुका चौधरी, गिता पोखरेल, राजु मगर, सिमसन राई, सुबास ज्यु ठकुरी, दुर्गा एसके, रितिक सेन्चुरी चयन भएका छन् ।

नेकपा एमाले पार्टीका पोलिटव्युरो सदस्य तथा जिल्ला इन्र्चाज मन्जुकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको प्रेस चौतारी नेपाल उदयपुरको छैठौ जिल्ला अबिधेशनमा नवनिर्वाचित जिल्ला कमिटीका अभ्यक्ष परमेश्वर घिमिरे लगाएत जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष दाहालले प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारको संगठन भएकोले जील्लामा पत्रकारीतालाई व्यवसायिक र मर्यादित बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।व्यवसायिक पत्रकारिताको विकासका लागि उदयपुरका आठ वटै पालिका वाट कमिटीमा प्रतिनिधित्व रहने गरी कमिटी गठन गरिएको पनि दाहालले बताए ।

तपाईको प्रतिक्रिया