- रमिला दनुवार

उदयपुर/नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाईने निर्णय गरे सङ्गै १५ दिन सम्म लाग्ने त्रीबेणी मेला प्रभाबित भएको छ। प्रशासनले बुधवारबाट जिल्ला भित्र २५ जना भन्दा बढी उपस्थित भएर सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सव गर्न रोक लगाएको छ।शुक्रबार इलाका प्रहरी कार्यलय बाट प्रहरी निरीक्षक जीवन बोगटीको कमाण्डमा खटीएको टोलिले मेला ब्यबस्थापकको समन्वयमा मेलामा निर्माण गरिएको स्टलहरु भत्काएको जानकारी प्राप्त भएको छ।प्रहरी निरीक्षक जीवन बोगटीका अनुसार ओमिक्रोन भेरिएन्टको संक्रमणबाट घरमा भएका वृद्ध बृद्धा दिर्घ रोगी भएका लाई संक्रमण नहोस भन्नाका लागि पनि मेला लगाउनु हुदैन भन्ने हेतु ले घर टहरा भत्काएको जानकारी दिनु भयो।
गृह मन्त्रालयको निर्देशन अनुसार उदयपुर जिल्ला कोभिड–१९ व्यवस्थापन समितीको मंगलवार बसेको बैठकले यी विभिन्न कुराहरुमा रोक लगएको छ ।मन्त्रालयले पुष २६ गते एक सुचना प्रकाशन गर्दै २५ जना भन्दा बढी उपस्थित भएर गरिने सम्पूर्ण गतिविधीलाई प्रतिबन्ध गर्न स्थानीय प्रशासनलाई अधिकार दिएको थियो । परापुर्ब काल देखि लाग्दै आएको मैनी मेला गत दुई बर्ष देखि कोरोनाको कारण प्रभावित हुँदै आएको छ।मैनी मेला १ माघ देखि १५ गते सम्म लाग्दै आएको थियो।मैनी मेला भर्न र मक्कर नुहाउन छिमेकी देश भारत बाट पनि बर्सनि लाखौ भक्तजन आउने गर्दछन।

तपाईको प्रतिक्रिया