- -सबिना अधिकारी

उदयपुर/ कटारी नगरपालिका ४ मा बोलेरो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । कटारीको त्रीबेनी बाट कटारी ८ फर्कदै गरेको यात्रु बहाक बोलेरो दुर्घटना हुदा बोलेरोमा रहेका कटारी वडा नम्बर ८ का ३८ वार्षिय बिक्रम राना मगर को मृत्यु भएको हो । बोलेरोमा रहेका अन्य करिब १५  जना यात्रु घाइते भएका र घाइतेको अबस्था समान्य रहेको इलाका प्रहरी कार्यलय कटारीले जनएको छ । बा १०  च ४१८८ नम्बरको बोलेरो आफै अनियन्त्रीत भइ सडक बाट तल खसेको प्रहरी को भनाइ छ । बोलेरो चालक प्रेम बहादुर श्रेष्ठ फरार रहेका छन ।

तपाईको प्रतिक्रिया